neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Aug 14th, 2020

काठमाडौं, ३० साउन

भोजपुर, षडानन्द नगरपालिका-९ किमालुङ सुर्के बस्ने ५९ वर्षीय अमृत बहादुर श्रेष्‍ठको घरमा बिहीबार आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद २ लाख रुपैयाँ समेत जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिरहा, लहान नगरपालिका-३ बलान पुलस्थित सडकमा ना.५ ख ६२४ नम्बरको ट्रकमा तार सर्ट भई बिहीबार राति आगलागी हुँदा ट्रकको बडिको भाग आंशिक रुपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi