neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु ,मृतकको संख्या ९५ पुग्यो

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु ,मृतकको संख्या ९५ पुग्यो

Aug 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २९ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा मोरङका ५७ वर्षीय पुरुष, महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाकी ८५ वर्षीया वृद्धा र अछामका १८ वर्षीय युवा रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७३ जना पुरुष र २२ जना महिला गरि ९५ पुगेको छ ।

आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या २४ हजार ९५७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १६ हजार ८ सय ३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ८ सय ५९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १४ हजार ७६९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi