neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए १२७ संक्रमित

Aug 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २९ साउन

काठमाडौंमा थप १२७ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १२७ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १११ ,भक्तपुरका ५ र ललितपुरका ११  जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । बुधवार काठमाडौं उपत्यकामा एकैपटक १३९ संक्रमित थपिएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ८ सय ५९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १४ हजार ७६९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १६ हजार ८ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा सङ्खुवासभा, हुम्ला , मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi