neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना कहरमा नेकपा भने आन्तरिक विवादमै अल्झियो, ५ दिनमा समाधान खोज्ने प्रधानमन्त्रीको दावी

कोरोना कहरमा नेकपा भने आन्तरिक विवादमै अल्झियो, ५ दिनमा समाधान खोज्ने प्रधानमन्त्रीको दावी

Aug 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,साउन २९

विभाजनकोको संघारमा पुगेको नेकपाको विवाद मिलाउन दुई अध्यक्ष प्रयासरत छन् । प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएपछि वार्ताबाट समाधान खोजिँदै छ ।

विहीबार समाधानको लागि अध्यक्ष द्धय प्रधानमन्त्री के पि ओली र पुष्पकमल दाहाल पुनःवार्तामा बसेका छन् । प्रधानमन्त्री ओलीले पाँच दिनमै नेकपाको विवाद समाधान हुन्छ भनेर ठोकुवा गरेपछि आजदेखि त्यसको ‘काउन्ट डाउन’ सुरु भएको छ ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको निकट पुगेको थियो ।

अहिले प्रधानमन्त्री ओली बैठकमै जान छाडेका छन् भने नेकपाको स्थायी कमिटी बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा नदिए पार्टीको बहुमतले गरेको निर्णय मान्नुपर्ने दबाब दिएका कारण प्रधानमन्त्री बैठकमा जान छाडेका थिए ।

तर पछिल्लो समय दुई अध्यक्षबीच समझदारीको प्रयास भइरहेको छ । त्यस्तै पार्टीका अन्य बरिष्ठ नेताहरुलाई समेत सहमतिमा ल्याएर पार्टी एकता जोगाउने पहल गर्न थालिएको छ ।

यतिखेर दुवै अध्यक्षलाई संयोजक बनाएर महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने वा एकजनालाई मात्र संयोजक बनाउने भन्नेमा बहस चलिरहेको छ ।

अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर चैतमा महाधिवेशन गर्ने गरी समाधान खोजिएको स्रोतले वताएको छ ।

महाधिवेशन आयोजक समितिको संयोजकमा झलनाथ खनाल र वामदेव गौतमको नाममा समेत छलफल भएको छ स्रोतको दावी छ।

सत्तारुढ दल आपसी विवाद र तानातानको जालोमा जेलिइरहेको वेला देश भने कोराना महामारीले आक्रान्छ छ । अहिले दिनुँजसो कोरोनाको कारण जनताले ज्यान गुमाइरहेका छन् । हिजोमात्र एकैदिन ११ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो एक सातामा ज्यान गुमाउनेको संख्य ३६ छ । बुधबार मात्र १३९ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितहरुलाई राख्न सरकारले तोकेका उपत्यकाका कोभिड विशेष अस्पतालहरु संक्रमितले भरिन थालेका छन् ।

संक्रमित बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइलेसनमा राख्ने व्यवस्था पनि गरेको छ । मापदण्डअनुसार होम आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

तर सबैं संक्रमित सरकारले तोकेका यस्ता मापदण्ड पूरा गरेर होम आइलोसेनमा बस्न सग्दैददन् । सरकारले नै स्थापना गरेका आइसोलेशन छैनन् ।

कोरोनाको रोकथाम नियन्त्रण तथा जोखिम न्यूनिकरणको लागि सरकारले गरेका प्रयास अपूरा छन् । यस अवस्थामा सरकार आफ्नै पार्टिको आन्तरिक विवादमा अल्झेर बस्नु बिडम्वना हो । सरकाले तत्काल पार्टीको विवाद अन्त्य गरेर यस महामारीको नियन्त्रणमा ध्यान दिनु जरुरी छ ।