neapl investment mega bank
  • गृहपृष्ठ
  • एशियन फिफा वल्र्डकप क्वालिफाइंग खेलहरु स्थगित

एशियन फिफा वल्र्डकप क्वालिफाइंग खेलहरु स्थगित

Aug 13th, 2020

जुरिच, स्विजरल्याण्ड २९ साउन /एएफपी

फिफाले एशियन फुटबल कन्फेडरेसन (एएफसी) सँग २०२२ फिफा वल्र्ड कप र २०२३ एएफसी एशियन कपको एशियामा हुने आगामी क्वालिफाइंग खेलहरूको समयतालिका स्थगित गर्ने बुधवार निर्णय गरेको छ ।

सुरुमा यस बर्ष अक्टोबर र नोभेम्बरमा अन्तर्राष्ट्रिय खेल विन्डोजको समयमा आयोजना हुने सयमतालिका रहेको थियो । कोरोना भाइरसको महामरीको कारण अब यो खेल सन् २०२१ मा सारिएको छ । कोरोना भाइरसको महामरीको कारण हाल विश्वका धेरै देशहरु प्रभावित भएका छन् ।

फिफा र एएफसीले संयुक्त रूपमा फिफा वल्र्ड कप कतारमा २०२२ र एएफसी एशियाई कप चीन २०२३ को लागि हुने क्वालिफाइंग खेलहरु यसै वर्षको अक्टोबर र नोभेम्बर हुने कार्यक्रम तय भएको थियो ।क्वालिफाइंग खेलका लागि नयाँ मिति तय गर्न फिफाले एएफसीसँग मिलेर काम गर्ने बताएको छ । सबै सहभागीको स्वास्थ्य र सुरक्षाको उद्धेश्यका साथ फिफा र एएफसीले क्षेत्रको अवस्थालाई नजिकबाट अनुगमन गर्न र सम्बन्धित योग्यताका लागि नयाँ मिति तय गर्न सँगै मिलेर काम बताएको छ ।

नयाँ मितिहरूको बारेमा थप विवरण फिफा वल्र्ड कप २०२२ र एशियन कप २०२३ को लागि क्वालिफाइंग खेलको अर्को चरण निर्धारित समयमा घोषणा गरिने एक विज्ञप्तिमार्फत फिफा जानकारी दिएको छ ।