neapl investment mega bank

समाजसेवी गिरीको निधनले जनकपुरमा शोक

Aug 12th, 2020

जनकपुर, २८ साउन /रासस

समाजसेवी कृष्ण गिरीको मृत्युको खवरले जनकपुरमा शोक छाएको छ ।

कोरोना सङ्क्रमण देखिएपछि साउन ५ गते विमान चार्टर गरेर उहाँलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको ७३ वर्षको उमेरमा गएराति निधन भएको परिवारले जनाएको छ । उहाँको दुई छोरा र एक श्रीमती छन् ।

नेपाल परिवार नियोजन सङ्घ धनुषाको संस्थापक अध्यक्ष हुनुका साथै लगातार २५ वर्षसम्म अध्यक्ष भएर सफलतापूर्वक भूमिका निर्वाह गर्नुभएका गिरी सो संस्थाको केन्द्रीय उपाध्यक्षमा समेत भइसक्नुभएको छ । विसं २०४४ देखि २०४६ सम्म जनकपुर नगरपालिकाका मेयर रहनुभएका उहाँ नेपालमा पुनः प्रजातन्त्र स्थापना भएपछि नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्नुभयो ।

नेपाली काँग्रेस धनुषाको महासमिति सदस्य रहनुभएका गिरी जनकपुरस्थित रामा होटलका सञ्चालक हुनुहुन्छ । जनकपुरका साथै धनुषा जिल्ला समाजसेवाको क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँको निधनले जनकपुरलाई धेरै क्षति भएको उल्लेख गर्दै रामयुवा कमिटि जनकपुरका पूर्वअध्यक्ष प्रमोद चौंधरीले कृष्ण गिरी निष्ठावान, इमान्दार एवम् स्वच्छ छविका समाजसेवी हुनुहुन्थ्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi