काठमाडौ साउन २८
राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) ले पार्टी एकीकरण सम्वन्धी आधारपत्र तयार गर्न समिती गठन गरेको छ । अध्यक्षत्रयको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याको निमित्त सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि सुझाव समिति गठन गरिएको राप्रपाले जनाएको छ ।
राप्रपाका अनुसार उक्त समितीमा दिपक बोहोरा, बुद्धिमान तामाङ्ग, विक्रम पाण्डे, राजेन्द्र लिङ्देन, धुव्रबहादुर प्रधान र श्याम प्रसाद तिमिल्सिना रहेकाछन ।