neapl investment mega bank
  • गृहपृष्ठ
  • खानेपानी मन्त्रीद्वारा चार उपभोक्ता संस्थाहरुलाई गाडीको चाबी हस्तान्तरण

खानेपानी मन्त्रीद्वारा चार उपभोक्ता संस्थाहरुलाई गाडीको चाबी हस्तान्तरण

Aug 12th, 2020

काठमाडौ, साउन २८

खानेपानी मन्त्री बिना मगरले शहरी खानेपानी तथा सरसफाई आयोजनाका चार उपभोक्ता संस्थालाई बुधबार सवारी साधन हस्तान्तरण गरेकीछन ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत रहेको शहरी खानेपानी तथा सरसफाई आयोजनाले सहरी क्षेत्रमा सञ्चालित खानेपानी आयोजनाका चार वटा उपभोक्ता संस्थाहरुलाई गाडी हस्तान्तरण गरेको हो । मन्त्री मगरले दोलखास्थित चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, कञ्चनपुरको भीमदत्त नगरपालिकामा अवस्थित सिद्धनाथ बैजनाथ, सुर्खेतको शुभघाट र खोटाङको दिक्तेलमा अवस्थित रम्बा खोला माझखोला साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई गाडीको चाबी हस्तान्तरण गरेकी हुुन ।

सहरी खानेपानी आयोजना अन्तर्गत विभिन्न जिल्लाका दश वटा सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सवारी साधन हस्तान्तरण गर्ने कार्यक्रम रहेकोमा बुधबार चारवटा संस्थालाई हस्तान्तरण गरिएको हो ।

सवारी साधन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको साना भन्दा साना समस्यालाई सम्बोधन गर्दै आयोजना सम्पन्न गर्नमा उपभोक्ता संस्थाहरुको भूमिका ज्यादै महत्वपूर्ण हुने बताईन । उनले देशैभरि रहेका खानेपानी आयोजनाहरुलाई सम्पन्न गरी जनताका आधारभूत आवश्यकता पुरा गर्न उपभोक्ता संस्थाहरुको भूमिका महत्वपूर्ण हुने र यसका लागि मन्त्रालयले सहयोग र सहजीकरण गरिरहने बताईन ।

‘उपभोक्ता संस्थाहरु जनताका समस्याहरु बुझ्ने अभिन्न अंग हुन् ।’ मन्त्री मगरले भन्नुभयो, ‘ उपभोक्ता संस्थाहरुले बेतलबी रुपमा काम गरिरहेका छन् । हामी त्यस्ता उपभोक्ता संस्थाहरुलाई सहजीकरण र सहयोग गरिरहने छौं ।’

aadharbhumi
aadharbhumi
aadharbhumi