neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका सामान बरामद

अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका सामान बरामद

Aug 12th, 2020

झापा, साउन २८

झापा मेचीनगर नगरपालिका १५ हेल्दुबारीबाट अवैध रुपमा भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको करिब १९ लाख ४७ हजार ९ सय ७० रुपैयाँ मूल्य बराबरको बिभिन्न सामान सोमबार राति प्रहरीले बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद सामानमध्ये करिब १८ लाख ७९ हजार मूल्य बराबरको ओरियन कम्पनीको Dietary Supplement का विभिन्न नाम भएका ९ सय ८२ बट्टा र ६८ हजार ३ सय ७० रुपैयाँ मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी रहेका छन् ।

बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi