neapl investment mega bank
  • गृहपृष्ठ
  • कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

Aug 12th, 2020

पाल्पा, साउन २८

निस्दि गाउँपालिका-७ आधामारा बस्ने ४२ वर्षीय रिकमान डिसुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले रिकमानलाई साउन १० गते भलिबल खेल्ने क्रममा कुटपिट गर्दा घाइते भई स्थानीय स्वास्थ्य ईकाई क्षेत्रीखर्कमा उपचार पश्चात घर लगिएकोमा मंगलबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुक्सेभञ्जाङ र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi