neapl investment mega bank
  • गृहपृष्ठ
  • टिकापुरका पत्रकारलाई गरिएको आक्रमणमा महासंघको ध्यानाकर्षण

टिकापुरका पत्रकारलाई गरिएको आक्रमणमा महासंघको ध्यानाकर्षण

Aug 12th, 2020

काठमाडौ, साउन २८

नेपाल पत्रकार महासंघका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर सम्वाददाता गणेश चौधरीलाई समाचार संकलनका क्रममा ५ जनाको समुहमा रहेका व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बिज्ञप्ती जारी गर्दे भनेको छ, साउन २६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा समाचार संकलनका क्रममा रहेका पत्रकार चौधरीमाथि सोही ठाउँका दिनेश कडायत, दिनेश शाह, शिरिष शाह, सुरेन्द्र शाही र रविन्द्र शाहको समुहले एक्कासि टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

कोभिड–१९ संक्रमणको जोखिम मोलेर पेशागत कर्ममा जुटेका पत्रकारमाथि भएको यो आक्रमण निन्दनीय र प्रेस विरोधी काम हो । महासंघ घटनामा संलग्न व्यक्तिहरुमाथि कानुनी कारबाही गर्न तथा पत्रकारको सुरक्षामा गम्भीर भई प्रेसविरुद्ध हुने यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथै, घाइते पत्रकार चौधरीको स्वास्थ्यलाभको कामना गर्दछ, महासंघले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi