neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड पाँच लाख नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड पाँच लाख नाघ्यो (अपडेट)

Aug 12th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, २८ साउन


विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ५ लाख नाघेको छ ।

नेपाली समय बुधवार ११ :३० बजे सम्म विश्वभरीमा दुई करोड ५ लाख २२ हजार १९१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ३४ लाख ४१ हजार ८६१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६३ लाख ३४ हजार ४०२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख ४५ हजार ९२८ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५३ लाख ५ हजार ९५७ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ६७ हजार ७४९ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३१ लाख १२ हजार ३९३ जना सङ्क्रमित भएका छन् भने १ लाख ३ हजार ९९ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको भारतमा २३ लाख ३० हजार ३२७ जना सङ्क्रमित भएका छन् भने ४६ हजार १९७ जनाको मृत्यु भएको छ ।

स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/