neapl investment mega bank
  • गृहपृष्ठ
  • भन्सार छलेर ल्याउँदै गरेको करिब ४ लाख रुपैयाँ बराबरको सुर्ती बरामद

भन्सार छलेर ल्याउँदै गरेको करिब ४ लाख रुपैयाँ बराबरको सुर्ती बरामद

Aug 11th, 2020

सुनसरी, २७ साउन

बर्जु गाउपालिका-५ बाट करिब ४ लाख रुपैयाँ बराबरको ५८ बोरा तयारी सुर्ती र २२ बोरा खुल्ला समेत गरी ८० बोरा सुर्ती मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

भारतीय बजारबाट नेपालतर्फ भन्सार छलेर ठूलो मात्रामा सुर्ती ल्याई भण्डारण गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त सुर्ती फेला पारी बरामद गरेको हो ।

बरामद सुर्ती आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय कोशीव्यारेज पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi