neapl investment mega bank
  • गृहपृष्ठ
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Aug 11th, 2020

चितवन, २७ साउन

कालिका नगरपालिका-६ कमलचोकस्थित सडकमा ना.३८ प ४२४९ नम्बरको मोटरसाइकलले मंगलबार बिहान ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका(२ बस्ने ७० वर्षीय बम्मर महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने २१ वर्षीय सुजन तामाङको पनि सोही मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi