काठमाडौ, साउन २७
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईबिएल एस क्यापिटलबिच सम्झौता भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण सेयर जारी गर्नको लािग एनआईबिएल एस क्यापिटललाई बिक्री प्रर्वन्धकमा नियुुक्त गरेको हो ।
सम्झौता–पत्रमासिटिजन लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेल र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेकाछन । अधिकृत पूंजी तीन अर्ब रुपैयाँ रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता भईसकेको र सर्वसाधारणका लागि छुट्टाईएको रकम ७५ करोड निकट भविष्यमा सर्वसाधारणलाई शेयर जारी गरी कम्पनीको चुक्ता पूंजी दुुई अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।
प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेको सिटिजन लाइफले सार्वजनिक गरेको यस आ.व. २०७६÷०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा एक सय ६४ प्रतिसतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट एक सय १७ प्रतिसतले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्तहुने आयमा ३१ प्रतिशतको वृद्धि गरी ३३ करोड ८३ लाख पु¥याउन सफल भएको जानकारी दिएको छ ।
जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीनलगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकममध्ये करिब ९१ रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीनअवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफलप्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।
हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमावित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्र्दैै उत्कृष्ट सेवाप्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
रकम रु हजारमा