आधारभूमि संवाददाता
काठमाडौँ, २७ साउन
नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
एक महिला र तीन पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।