neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए १३४ संक्रमित

Aug 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २७ साउन

काठमाडौंमा थप १३४ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १३४ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ११० ,भक्तपुरका ८ र ललितपुरका १६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । सोमबार काठमाडौं उपत्यकामा एकैपटक ४४ संक्रमित थपिएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ६२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ११ हजार ९८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार २०१ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् । हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा १७१ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १६ हजार ६ सय ६४ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका सात जिल्लामा सोलुखुम्बु , सङ्खुवासभा, हुम्ला , मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । हालसम्म ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi