neapl investment mega bank
  • गृहपृष्ठ
  • भन्सार छली ल्याउँदै गरेको मोबाइल बरामद

भन्सार छली ल्याउँदै गरेको मोबाइल बरामद

Aug 11th, 2020

झापा, साउन २७

मेचीनगर नगरपालिका ७ गैरीगाउँबाट भन्सार छली ल्याएको करिब २ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको ८ थान मोबाइल सेट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको विभिन्न कम्पनीको उक्त मोबाइल ल्याएका मानिसहरुले प्रहरीलाई देखी मोबाइल फालेर फरार भएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले बरामद गरेको हो । बरामद मोबाइल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi