neapl investment mega bank
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा छुटै छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा छुटै छुट

Aug 11th, 2020

काठमाडौ, साउन २७

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जसअन्तर्गत, नेपमिड्स अनलाईन फार्मेसी, ईजी केयर अनलाईन फार्मेसी, अल्मा आर्टिस (वाच कम्पनी), बाजेको सेकुुवा रहेकाछन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १५ प्रतिसतसम्मको छुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुुक, गुुडफर मिेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले भिसा नेटर्वक न्तर्गत जुन सुकै बैंकको एटिएमबाट बिनाशुल्क रकमझिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।