neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटी एक्सप्रेस र इन्जाज साउदीद्वारा हरेक कारोबारमा आकर्षक उपहार बिजेताहरुको नाम घोषणा

सिटी एक्सप्रेस र इन्जाज साउदीद्वारा हरेक कारोबारमा आकर्षक उपहार बिजेताहरुको नाम घोषणा

Aug 11th, 2020

काठमाडौ, साउन २७

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षितगर्दै साउदीकै इन्जाज बैंक अल बिलादसंगको सहकार्यमा हरेक कारोबारमा आकर्षक उपहार योजना ल्याएको थियो । सो योजना जनवरी ३०,२०२० देखी अप्रिल ३०,२०२० (३ महिना) सम्म चलेको थियो । जस अन्तर्गत योजना अवधि भर ४५ जना बिजेताहरुले सिटी म्याक्स सपिङ भौचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो ।

सोही योजना अनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् । यस कोभिड १९ महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले दुुई हजार साउदी रियालप्राप्त गरेको छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचा नबनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरीक विप्रेषण अन्तरर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेको ८५०० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो,सहज र सुरक्ष्तितरिकाले भुक्तानी प्रदान गर्ने, कुनैपनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।