neapl investment mega bank
  • गृहपृष्ठ
  • भक्तपुरको बालकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

भक्तपुरको बालकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Aug 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन २७

भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा एक ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। निज संक्रमित एक हप्ता अगाडी जनकपुरबाट काठमाडौं आएका थिए । निजलाई कोरोना संक्रमणको लक्षण देखिएपछि गत शुक्रबार काठमाडौं स्थित टिचिङ अस्पतालमा स्वाब टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमितको परिवारमा ९ जना सदस्य छन् ।संक्रमित बस्ने घरमा बाँकी रहेका सबैलाई होम क्वारेन्टीनमा राख्नुका साथै संक्रमितको घर सिल गरि छिटै पी.सी.आर टेस्ट गर्ने सू.न.पा .वडा .नं. २ का वडा अध्यक्ष कमलनाथ आचार्यले आधारभूमिलाई जानकारी दिए। निजको स्वास्थ्य स्थिति सामान्य रहेको आचार्यले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi