neapl investment mega bank
  • गृहपृष्ठ
  • विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने पक्राउ

विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने पक्राउ

Aug 10th, 2020

काठमाडौं, २६ साउन

विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी गरी फरार रहेका चन्द्रागिरि नगरपालिका-६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका-७ घर भएका ३० वर्षीय राजन बिश्वकर्मा भन्ने राजन सेन्चुरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-६ थानकोट चेकपोष्टबाट उनलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान गर्ने क्रममा राजनले महिलालाई केही महिना अगाडि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ बताइ भेटघाट गर्न बोलाएको र भेटघाटमा आफु अविवाहित पुरुष भएको बताएका थिए । भेटघाटमा राजनले विवाह गर्न राखेको प्रस्ताव स्विकार गरी उनीहरुले प्रेम विवाह गरेर साउन १६ गते देखि २१ गतेसम्म थानकोट चेकपोष्टस्थित डेराकोठामा बसेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो । साथै साउन २२ गते राजनलाई कोठामा नदेखि खोजी गर्दा दराजमा राखेको नगद २ लाख रुपैयाँ, १ तोला बराबरको सुनको सिक्री, १ तोला बराबरको सुनको रिङ र १ थान मोवाइल राखेको स्थानमा नभएको तथा निज राजन सम्पर्क विहिन भएका थिए ।

राजन उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी तथा ठगी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi