neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु ,मृतकको संख्या ७९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु ,मृतकको संख्या ७९ पुग्यो

Aug 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २६ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
दुई महिला र दुई पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा बाँके जिल्ला कोहलपुर नगरपालिका–२ घर भएका ७० वर्षीया महिला रहेकि छिन् । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

त्यसतै पर्सा जिल्ला देवयानी गाउँपालिका १५ बस्ने ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको हिजो नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको आज मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi