neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ओली रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा अग्रसर: राप्रपा अध्यक्ष राणा

प्रधानमन्त्री ओली रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा अग्रसर: राप्रपा अध्यक्ष राणा

Aug 10th, 2020

काठमाडौ, साउन २६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक, लिम्पियाधुरा फिर्ता लिने राष्ट्रिय चाहनाबाट विमुख भएर प्रधानमन्त्री केपी ओली रामनाम जप्दै वाल्मीकि बन्ने बाटोमा अग्रसर देखिएको टीप्पणी गरेका छन् ।

राष्ट्रियता जोगाउने जिम्मेदारी प्रधानमन्त्री ओलीले भूलेबाट ठोरी–ठोरी भन्दाभन्दै वाल्मीकि जन्मन सक्ने राणाले इंगित गरे । ‘मूल हाँक लिपुलेक, लिम्पियाधुरा फिर्ता लिनु हो । राष्ट्रिय चाहना यही हो,’ वर्तमान सन्दर्भमा टीप्पणी गर्दै राणाले सोमबार ट्वीट गरे । ‘प्रधानमन्त्रीले तर कुटनीति, वार्ताबाट भोगचलन कायम गर्ने जिम्मा भूले जस्तो छ,’ उनले भने ।

‘शब्द आडम्बरले राष्ट्रियता जोगिने होइन । राम–राम, ठोरी–ठोरी जप्दाजप्दै वाल्मीकि जन्मिए अर्कै प्रसंग । त्यसो भए रुपान्तर, विषयान्तर दुबै हुनेछ,’ उनले भने ।