neapl investment mega bank

भरुवा बन्दुकको छर्रा लागेर घाइते

Aug 10th, 2020

डोटी, साउन २६

के.आई.सिं. गाउँपालिका ३ दल्ल बस्ने जोगी सिंह ऐरकी १४ वर्षीया छोरी जानकी ऐर भरुवा बन्दुकको छर्रा लागेर आइतबार साँझ घाइते भएकी छिन् ।

आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय शेर बहादुर ऐरले बाँदर हो भनि भरुवा बन्दुक फायर गर्दा छर्रा लागेर जानकी घाइते भएकी हुन् । घाइतेलाई शैलेश्वरी अस्पताल दिपायल हुँदै थप उपचारको लागि धनगढीतर्फ रिफर गरिएको छ । प्रहरी चौकी वायलबाट खटिएको प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक बरामद गर्नुका साथै फरार भएका शेर बहादुरको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi