neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Aug 10th, 2020

काठमाडौं, साउन २६

ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका ३ घरभएका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका-८ घर भएका रामकुमार सुनुवारलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती महिलालाई रोकी राखेको ग.१ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi