neapl investment mega bank
  • गृहपृष्ठ
  • धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Aug 10th, 2020

मकवानपुर, साउन २६

हेटौंडा उपमहानगरपालिका ९ बस्ने २३ वर्षीय गणेश नगरकोटीलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा सोही उपमहानगरपालिका सिर्जना टोल बस्ने २५ वर्षीय शंकर सिटौलालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी आमा बुबालाई अपशब्द बोलेको भनी सिटौलाले गणेशलाई बन्चरो प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई बन्चरो सहित पक्राउ गरेको हो । घाइते गणेशको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi