neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Aug 9th, 2020

काठमाडौं, साउन २५

महोत्तरी जिल्लाको औरही नगरपालिका ६ बैरियाबाट साउन २४ गते एपीएफ टोलीले करीव एक लाख ७७ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ ।

सोही स्थानमा रहेको एक घर तथा गोठमा भण्डार गरी राखेको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको एपीएफ टोलीले उक्त किराना सामान बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले भारतीय नम्बरको एउटा मोटरसाईकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वर बुझाईएको छ ।

यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बेलहिया स्थित सीमा ईलाकाबाट साउन २५ गते एपीएफ टोलीले करीब एक लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बोगटीबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाकै मर्चवारी गाँउपालिका ७ बगौलीघाट स्थित सीमा ईलाकाबाट साउन २४ गते करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । एपीएफ टोलीले बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi