neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु ,मृतकको संख्या ७५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु ,मृतकको संख्या ७५ पुग्यो

Aug 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २५ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
कास्की र पर्सामा थप दुईजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका-१९ घर भएका ६२ वर्षका पुरुष रहेका छन् । उनको गए राति ११ः३५ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनि मधुमेहको बिरामी थिए ।

त्यसतै मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-२ बस्ने २० वर्षीया महिला रहेकी छन् । उनको हिजो बिहान निधन भएको हो । ती महिलालाई उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष अस्पताल पुर्याईएपछि मृतक घोषित भएकि थिइन् हो ।

यो सँगै नेपालमा कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi