neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन लाइफको जीवन बीमा कोषमा एक सय ६४ प्रतिसतले बृद्धि

सिटिजन लाइफको जीवन बीमा कोषमा एक सय ६४ प्रतिसतले बृद्धि

Aug 9th, 2020

काठमाडौ, साउन २५

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६/०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो मा १६४ प्रतिसतले वृद्धि गरेको छ ।

गतआषाढ मसान्तमा कम्पनीको जीवन बीमा कोष ६३ करोड ४८ लाख रहेकोमा यस आषाढ मसान्तमा सो रकम १ अर्ब ६७ करोड ८८ लाख पुगेको छ । यसका साथै कम्पनीले गत आ. व. को आषाढ मसान्तसम्ममा कुलबीमा शुल्क एक अर्ब १६ करोड ५१ लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा एक अर्ब ९६ करोड ८३ लाख कुल बीमाशुल्क संकलन गरेको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ६९ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १६४ प्रतिसतको बृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिसतले बढाएर ४९ करोड ६१ लाखको उचाई पुयाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धी गरी ३३ करोड ८३ लाख पु¥याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम तीन अर्ब ८६ करोड ८८ लाख मध्ये करिब ९१ प्रतिसत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्चदरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरकोरुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।