neapl investment mega bank
  • गृहपृष्ठ
  • ओपो एफ १५ का ३ उत्कृष्ट फिचर्स , जसले फोनलाई अन्यभन्दा पृथक, आकर्षक र लोकप्रिय बनायो

ओपो एफ १५ का ३ उत्कृष्ट फिचर्स , जसले फोनलाई अन्यभन्दा पृथक, आकर्षक र लोकप्रिय बनायो

Aug 9th, 2020

काठमाडौ, साउन २५

नेपालमा कम्पनीद्वारा पहिलो पटक अनलाइन लञ्च ईभेन्ट आयोजना गरी सार्वजनिक गरिएको ओपो एफ १५ ले यसमा रहेको ४८ एमपी अल्ट्रा वाइड एंगलमाक्रो क्वाड क्याम र सुपर स्लिक डिजाइन मार्फत प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गरिरहेको छ ।

“ओपो एफ १५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत ह्याण्डसेट कै माध्यमबाट धेरैभन्दा धेरै कामगर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ । यूवा पुस्तामाझ हाम्रो एफसिरिज सर्वाधिक लोकप्रिय सिरिजकारुपमा प्रमाणित भइसकेको छ । एफसिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसायिक (नजिक) देखिने तस्विर खिच्न सघाउँछ ।”, एफ१५का बारेमाबोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

निर्माताका साथै उपभोक्ता समेत एफ१५ मार्फत पस्किएका नवप्रबर्तन तथा कार्य सम्पादनबाट पूर्णरुपमा सन्तुष्ट छन् । यसै कारण प्राप्तमायाँ र मागमार्फत एफ १५ ले एफसिरिजलाई नयाँ उचाइ समेत प्रदान गरिरहेको छ । फोनमा समाहित यस्तै तीन प्रमुख विशेषतका बारेमा थप जानकारी दिने सोचका साथ यो लेख तयार पारिएको हो ।

हत्केलामै ब्यवसायिक फोटोग्राफी परफरमेन्स

स्लिक प्याकेजमा उपलब्ध ओपो एफ १५ मा कम्पनीले ४८ एमपी अल्ट्रा वाइड एंगलमा क्रो क्वाडक्याम उपलब्ध गरेको छ । फोनको मूल्य श्रेणीमा उपलब्ध उत्पादनहरु मध्य नै यसको क्यामेरा उच्चक्षमताको हुनुका साथै अल्ट्रा प्रोफेसनल शट्स दिने क्षमता राख्छ । यसमा रहेको फोर(ईन(वानपिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८ एमपी रियर क्यामेरा सेन्सरको डिजाइन मार्फत विस्तृत तथा गुणस्तरिय तस्विर लिन सघाएको छ ।

यसमा रहेको वाइड एंगलमोड मार्फत प्रयोगर्ताले करिव ३ सेन्टिमिटर सम्ममाक्रो को प्रयोग गर्दै सहजै अटो फोकस गर्न सक्छन् । यसर्थमा अब खानाकातस्विर अझ लोभलाग्दा, अक्षर तथाकागजातहरु अझ स्पष्ट र खिच्न सहज हुनुका साथै, फूल तथा किराहरुका तस्विर अझ सहजरुपमा थप आकर्षक तरिकाले सहजै लिन सकिन्छ ।

फोनका फ्रन्ट तथा पछिल्ला दुबै पट्टिका क्यामेरामा उपलब्ध एआई भिडियो ब्यूटिफिकेशन फिचरमा उपलब्ध गरिएको नयाँ अल्गोरिथमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्यूटिफिकेसन एड्जस्टमेन्टका लागि कस्टमाइज्ड एनालाइसिस पनि उपलब्ध गराउँछ ।

आन्तरिक गायरोस्कोपका साथै ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेसन (ईआईएस) सुसज्जित ओपो एफ १५ मा ओपोको अग्रणी एण्टिशेक भिडियोपनि उपलब्ध गरिएको छ । शेकी (हल्लिरहेको) अवस्थामा समेत ओपो एफ १५ ले स्पष्ट, शार्प र सटिक (कम्पन रहित) भिडियो खिच्न सघाउँछ । तसर्थ, तस्विर वा भिडियो मार्फत आफ्ना कथाहरु प्रस्तुत गर्न चाहनेहरुका लागि ओपो एफ १५ सटिक माध्यम हुन सक्छ ।

फोनमा कम्पनीले कमप्रकास भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटोग्राफीको मज्जादिने सोचका साथ नाइट प्रोटे«ट मोडपनि उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराएका पछिल्ला संस्करणका तुलनामाओपो एफ१५ रहेको नाइट पाट्रेट मोडले अध्यारा सडक, रेस्टूराँ, पार्क लगायत विशेष स्थानमा अझ सटिक पोटे«ट खिच्न सघाउँछ । त्यसैगरी, यसमा रहेको पोट्रेट एचडीआरले प्रत्यक्ष सूर्यको प्रकाश रहेका स्थानमा पहिलेका तुलनामा अझ सटिक र गुणस्तरिय पोटे«ट लिन सघाउँछ । फरक फरक एक्स्पोजर सहितका तस्विर लिएर यसलाई ईन्टेलिजेन्ट प्रविधिमार्फत एउटैमा मिलाएर एउटा विशिस्ट फोटो प्रस्तुत गर्छ । त्यसैगरी यसमा आवश्यकता अनुसार मिलानगर्न सकिने एड्जस्टेबल पोट्रेट बोकेह ईफेक्टपनि उपलब्ध छ । यसको सहायतामार्फत प्रयोगकर्ताले आफ्नो चाहना अनुसार ब्याकग्राउण्ड बोकेह ईफेक्ट समायोजन गर्न सक्छन् ।

अत्याकर्षक स्लिक डिजाइन र उत्कृष्ट परफरमेन्स

एक हातमा राखेर मज्जाले चलाउन सकियोस् भन्ने तिर विशेष ध्यानदिएर बनाइएको ओपो एफ १५ को हल्कापन हातमा बोक्ने वित्तिकै अनुभव हुन्छ । जम्मा ७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम वजन भएको यसमा दिइएको डिजाइनका कारण यसको स्क्रिन रेसियो २०ः९ रहेको छ । यो पछिल्लो एफ ११ का तुलनामा ५ प्रतिशत थप पातलो र ९ प्रतिशत हल्का हो ।

यसमाप्रयोग गरिएको स्लिम डिजाइनका कारण ओपो एफ १५ सहजै खल्तीमा बोक्न सकिन्छ । यसमा रहेका चार क्यामेरामा मिनि मलिस्टिक डिजाइन अपनाइनुका साथै फ्ल्याश लाइटको स्थान छनोट क्यामेराको प्रकाशका आधारमा गरिएको छ । क्यामेराको सतहलाई माथी उठाएर यसको लेन्सलाई थप सुराक्षा प्रदान गर्ने सोचका साथयसमा डेकोरेटिभ रिङको ब्यवस्था पनि गरिएको छ । समग्रमा भन्नु पर्दा ओपो एफ १५ स्टाइलिश, अल्ट्रा पोर्टेबल र सटिक ओटीजी फोन हो ।

ओपो एफ १५मा रहेको फिंगरप्रिन्ट अनलक ३.०ले उपकरणलाई मात्र ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५ प्रतिसतले तिब्र हो । यसका लागि नयाँप्रविधिको हार्डवेयर र सफ्टवेयर दूबै पक्षमा विशेष सुधार गरिएको छ । यसका कारण तिब्र गतिमा अनलकिङ हुनुका साथै, हार्डवेयरमा आधारित एन्टी फोर्जिङ प्रविधिमार्फत थप सुरक्षा प्राप्त हुन्छ ।