neapl investment mega bank
  • गृहपृष्ठ
  • आइतबार थपिए ३८० सङ्क्रमित , ४० जना डिस्चार्ज

आइतबार थपिए ३८० सङ्क्रमित , ४० जना डिस्चार्ज

Aug 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २५ साउन

नेपालमा थप ३८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका ३६ वटा प्रयोगशालामा आठ हजार ५ सय १५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट आठ हजार ५ सय १५ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ११ हजार ३८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा
पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् । हालसम्म चार लाख ४३ हजार ८०४ जनाको पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।

थप ४० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४० जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ४० जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १६ हजार ३५३ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका सात जिल्लामा सङ्खुवासभा, भोजपुर, खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।