neapl investment mega bank
  • गृहपृष्ठ
  • मेट लाइफ र प्लान इन्टरनेशनलद्धारा राहत वितरण

मेट लाइफ र प्लान इन्टरनेशनलद्धारा राहत वितरण

Aug 9th, 2020

काठमाडौ, साउन २५

कोभिड १९ बाट प्रभावित समुदायमा रहेका जोखिम समुहसम्म पुग्नका लागि मेटलाइफ फाउन्डेशनले प्लान नेपालसँग काम गरिरहेको छ । प्लान नेपालले आयको स्रोत गुमाएका तथा कृषिमा निर्भर रहेका गरीब र जोखिममा रहेका परिवारलाई नगदेवाली तथा घरमा तरकारी उब्जाउनका लागि बीउ विजन तथा मलखाद लगायत परम्परागत कृषि उपकरण प्रदान गरी निजहरुलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

मेटलाइफ फाउन्डेसनद्धारा ४४,००० अमेरिकी डलर आर्थिक सहयोग गरेको संयुक्त कार्यक्रमले प्लान नेपालले स्थानीय नेपाल सरकारसँग समन्वय गरी आय आर्जन नभएको र सीमित वैकल्पिक आयश्रोत भएका वा त्यस्तो वैकल्पिक आयश्रोत नै नभएका अत्यन्त जोखिममा रहेका परिवारको पहिचान गर्न मद्दत गर्दछ ।

यसका अतिरिक्तप्लान नेपालले किशोरावस्थामा रहेका नारीहरूको विशेष आवश्यकता परिपुर्तिको सहयोग गर्ने र हात धुने उचित तरिका सिकाउने तथा नेपाल सरकारबाट निर्धारित समुदायको असल अभ्यासलाई मद्दत गर्ने कार्य जारी राख्ने छ । अन्तत,स्थानीय नेपाल सरकारसंग समन्वय गरी छनौट भएका परिवार,महिला मुली रहेका परिवार रआय नभई नेपालमा फर्किएका परिवार लगायत अत्याधिक जोखिममा रहेका परिवारहरुलाई संलग्न गराईमहामारीबाट सृजित जोखिमको सामना गर्न साना व्यवसायीहरुका लागि साना व्यवसाय अनुदान प्रदान गरिनेछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने“कोभिड १९ का कारण हुन गएको लकडाउनले धेरै आर्थिक गतिविधिहरू बन्द भएकाछन् । यसबाट दैनिक ज्यालाबाट गुजारा गरिरहेकान्युन आयस्रोत भएका र अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी प्रभावित भएका छन् । हाम्रो समाजका अत्याधिक जोखिममा रहेका समुहलाई सहयोग गर्ने र यस्तो संकटको घडीमा पनि लैङ्गिक समानता बढाउने अवसरको प्रयोग गर्ने कार्यमा प्लान नेपाललाई मेटलाइफ फाउन्डेसनले सहयोग गरेको देख्न पाउँदा हामीलाई गर्व लागेको छ । ”

प्लान इन्टरनेसनल नेपालका सहायक आपतकालिन प्रबन्धक, भुषण अर्याल भन्छन्,“ आयश्रोत गुमाएका, दैनिक ज्यालादारीमा काम गरि आएका, विदेशमा रोजगारी गुमाई स्वदेशमा फर्किएका र हाल जीविकाका लागि कठिन संघर्ष गरिरहेका बाँके जिल्ला, बैजनाथ गाउँपालिका स्थित कोभिड १९को महामारीबाट गम्भीर असर परेका गरीब र जोखिमयुक्त परिवारलाई सहयोग गर्न पाउँदा प्लान इन्टरनेशनल नेपाल खुशी छ । हामी, हाम्रो साझेदार संस्था र स्थानीय सरकारसँगको नजिकको समन्वयमा निजहरुलाई कोभिड १९ को नकरात्मक प्रभावबाट बचाउन सहयोग गर्नेछौ र परियोजना क्षेत्रमा ७,००० घरधुरीमा बस्ने ४०,००० मानिसहरू बीचमा कोभिड १९ संक्रमण रोक्नका लागि व्यापकरुपमा चेतना फैलाउन कार्य गर्नेछौं ।”