neapl investment mega bank

अवैध लागूऔषधसहित पक्राउ

Aug 9th, 2020

काठमाडौं, साउन २५

रौतहटको चन्द्रपुर नगरपालिका ४ चपुरस्थित सडकबाट ग.२ च ३९७५ नम्बरको कार चालक तनहुँ दुलेगौडा नगरपालिका-४ बस्ने २८ वर्षीय महम्मद मुर्तुजा सहित ३ जनालाई नियन्त्रित लागूऔषध र नगद सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सवारी साधनहरुलाई जाँच गर्ने क्रममा ४ थान एकसय एमएलको अनरेक्स, १ बोतल पाँचसय एमएलको लागूऔषध जस्तो गन्ध आउने तरल पदार्थ, २ बोतल दुईसय ५० एमएलको लागूऔषध जस्तो गन्ध आउने तरल पदार्थ तथा ५० हजार नेपाली रुपैयाँ, ४५ हजार भारतीय रुपैयाँ र १ दरका १६ थान अमेरिकी डलर बरामदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बस्ने २३ वर्षीय विराज बिकलाई करिब ७ सय १० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi