neapl investment mega bank

सवारी दुर्घटनामा परी मृत्यु

Aug 9th, 2020

भक्तपुर, साउन २५

सूर्यबिनायक नगरपालिका ८ जगाती चोकस्थित सडकमा बा.१९ च ३३८४ नम्बरको हात्ती गाडी र बा.६६ प २८१० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हात्ती गाडी र चालक रामेछाप सुनापती गाउँपालिका-७ खनिँयापानी घर भई हाल काठमाडौं शंखमुल बस्ने २१ वर्षीय नारायण बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi