neapl investment mega bank
  • गृहपृष्ठ
  • महंगा खालका फ्ल्याटहरु धमाधम खाली हुँदै, कोठा छाड्नेहरु पनि बढ्न थाले

महंगा खालका फ्ल्याटहरु धमाधम खाली हुँदै, कोठा छाड्नेहरु पनि बढ्न थाले

Aug 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, साउन २५

कोरोना महामारी र यसलाई नियन्त्रण गर्नका लािग गरिएको लकाउनका कारण आर्थिक गतिविधि शिथिल भएको छ । कमाउन नसकेपछि अहिले मानिसहरु आफ्नो खर्च घटाउनमा लागेक छन् । जसका कारण काठमाडौंमा कैयन फ्ल्याटहरु धमाधम खाली हुन थालेका छन् ।

फ्ल्याटमा बस्नेहरु कोठामा सर्न थालेका छन् । अझ महंगा र सुविधा सम्पन्न खालका फ्ल्याटका मालिकहरु त अहिले भाडामा बस्ने नपाएर दिक्क भएका छन् ।

भाउ घटाएर दिन खोज्दा पनि महंगा खालका फ्ल्याटमा बस्नेहरु भेटिएका छैनन् । एक कोठमा भाडा लगाउने व्यवसायीले भने ‘ अहिले फ्ल्याट खाली भटाभट हुन थालेका छन् , स्थिती अझ बिग्रदै जाने हो र कोरोना महामारीले भयानक रुप लिए शहरका कोठमा पनि खाली हुने प्रवल संभावना देखिन्छ । ’

उनका अनुसार महामारीका कारण केहि शहरका कोठामा बस्नेहरु अलिकति रिङरोड बाहिर सर्न थालेका छन् । यो अहिले फाट्टफ्ट मात्रै देखिन्छ । पछि झनै बढ्दै जाने संभावना प्रवल छ ।

अझ शहरी इलाकामा रहेका घरधनीले कोठाभाडामा किचकिच गरेकाले पनि कोठा सर्नेहरु बढेका छन् । महामारीले व्यापार व्यवसाय चौपट भएकाले खर्च धान्न नसक्ने भन्दै डेरावाल फ्ल्याट छाडेर अहिले गल्लीभित्रका कोठाहरुमा सर्नं थालेका छन् ।

मूख्य सडकका फ्ल्याटमा अफिस राखेकाहरु अहिले गल्लीभित्र सर्न लागेका हुन् । महामारीका कारण खासगरी पर्यटकीय क्षेत्रठमेलका अधिकांश सटर खाली भइसकेका छन् । बागबजार क्षेत्रका घरधनीले यसअघिको भाडामा आधा घटाउदा पनि भाडामा बस्न्े पाउन सकेका छैनन् । सहरका अन्य क्षेत्रमा पनि अहिले सटर, कोठा र फ्ल्याट खाली भएका सूचना जताजतै देख्न सकिन्छ ।

चैत ११ देखिको लकडाउन सरकारले साउन ७ देखि हटाएपनि व्यापार व्यवसाय सामान्य भइसकेको छैन । असंगठित क्षेत्रका श्रमिक गाउ“बाट फर्किइसकेका छैनन् । पर्यटन, शिक्षण संस्था लगायत निजी क्षेत्रका श्रमिकले तलब नपाएको चार महिना भइसकेको छ । व्यापार व्यवसाय गर्नेहरुले पनि कमाइ नभएकाले धमाधम फ्ल्याट छोडिरहेका छन् । त्यसकै असर अहिले कोठा र फ्ल्याट खोज्ने डेरावालभन्दा भाडामा लगाइदिनुप¥यो भन्ने घरधनी बढेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi