महोत्तरी, साउन २४
महोत्तरी जिल्लाको गौशाला नगरपालिका १ बाट साउन २३ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बिजय साह र सोही जिल्लाको औरही नगरपालिका ६ बस्ने रुकेशकुमार साह छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
ना २८ प ८४१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा एक्जीप्लोन तीन बोतल र स्पास ट्याब्लेट ४१ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट आठ हजार एक सय भारतीय रुपैयाँ, २४ हजार सात सय ४० नेपाली रुपैयाँ र दुई वटा मोबाईल सेट समेत बरामद गरेको छ ।