आधारभूमि संवाददाता
काठमाडौँ, २३ साउन
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख १७ हजार ६८७ व्यक्तिको मृत्यु भएको छ ।
नेपाली समय बिहीबार १०:०० बजे सम्म विश्वभरीमा एक करोड ९२ लाख ५७ हजार ७२३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड २३ लाख ५७ हजार ६५५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८२ हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५० लाख ३२ हजार १७९ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ६२ हजार ८०४ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २९ लाख १७ हजार ५६२ जना सङ्क्रमित भएका छन् भने ९८ हजार ६४४ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/