neapl investment mega bank
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट कोभिड–१९ उपचारार्थ आईसीयू भवन र मोलिकुलर ल्याब उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट कोभिड–१९ उपचारार्थ आईसीयू भवन र मोलिकुलर ल्याब उद्घाटन

Aug 5th, 2020

काठमाडौं, साउन २१

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ उपचारार्थ नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आई.सी.यू. भवन र मोलिकुलर ल्याबको उद्घाटन गर्नुभयो । कोभिड–१९ को उपचारको लागि तीब्रगतिमा निर्माण भएको २० शैय्याको आई.सी.यू. भवन र मोलिकुलर ल्याबको साउन २१ गते सशस्त्र प्रहरी महानिरीक्षक खनालले उद्घाटन गर्नुभएको हो ।


सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा नागरिकलाई महामारीको बेला प्रदान गर्नुपर्ने सेवा र सुरक्षाको साथै अतिनै महत्वपूर्ण रहेको स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी अहोरात्र बिरामीको सेवामा कृयाशिल रहन सो अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिनुभयो । उहाँले नेपाल सरकारबाट सो अस्पताललाई कोभिड–१९ रोकथाम तथा उपचारमा डेडिकेटेड अस्पतालको जिम्मेवारी सुम्पिएकोमा उक्त जिम्मेवारी निर्वाहका लागि थप भएका सेवा सुविधाको अधिकतम उपयोग गरि स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पताल सधैं प्रतिवद्ध रहने उल्लेख गर्नुभयो ।

सो अस्पताललाई महामारीको बेला मात्र नभई अरु बेला समेत सेवामूखी बनाउँदै लगिने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कोभिड–१९ महामारीमा रोगको उपचार, परिक्षण तथा रोकथाममा सो निर्माणले थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ तथा कोभिड–१९ यूनिफाईड अस्पताल निर्देशन समितिका अध्यक्ष डा. रोशन पोख्रेलले यस कोभिड–१९ महामारीको बेला रोगको पहिचान तथा सीघ्र उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ नेपाल एपीएफ अस्पतालमा आई.सी.यू. भवन र मोलिकुलर ल्याबको स्थापना गरिएको बताउनुभयो ।

नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले स्वागत मन्तब्यको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विभिन्न मितिमा प्राप्त बजेट तथा नेपाल एपीएफ अस्पतालको नियमित बजेटबाट सो निर्माण सम्पन्न भएको जानकारी गराउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi