neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए ६२ संक्रमित

Aug 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २१ साउन

काठमाडौंमा थप ६२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ६२ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ५७ र ललितपुरका ५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । मंगलबार काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ३५९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ९ हजार ९२५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार १७४ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा , कैलाली , महोत्तरी र रौतहट रहेका छन् । हालसम्मा चार लाख छ हजार ५९४ को परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १३० जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या१५ हजार १५६ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi