आधारभूमि संवाददाता
काठमाडौँ, २१ साउन
नेपालमा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा
६ हजार ३५९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ३५९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ९ हजार ९२५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार १७४ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा , कैलाली , महोत्तरी र रौतहट रहेका छन् । हालसम्मा चार लाख छ हजार ५९४ को परीक्षण गरिएको छ ।
थप १३० जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा १३० जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट १३० जना डिस्चार्ज भएको बताए ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १५ हजार १५६ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।