neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबी बैंक मादमे खोला जलबिद्युतको मुख्य व्यवस्थापक

एनएमबी बैंक मादमे खोला जलबिद्युतको मुख्य व्यवस्थापक

Aug 4th, 2020

काठमाडौ, साउन २०

एनएमबि बैक लिमिटेडले २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य वैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एन आई सी एशिया बंैक र प्रभु बैंक रहेका छन् ।

२४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत रु ४.४८ अर्व रहेको छ जसमध्ये बैकहरुको लगानी कुल रु ३.३२५ अर्वको हुनेछ । यो आयोजनासँग एनएमबि बैक लि.ले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।