neapl investment mega bank
  • गृहपृष्ठ
  • अख्तियारका प्रहरी निरीक्षक पाण्डेद्धारा पत्रकारलाई गरिएको दुुव्र्यवहारप्रति ध्यानाकर्षण

अख्तियारका प्रहरी निरीक्षक पाण्डेद्धारा पत्रकारलाई गरिएको दुुव्र्यवहारप्रति ध्यानाकर्षण

Aug 4th, 2020

काठमाडौ, साउन २०

समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे र सेतोपाटी सम्वाददाता एवं लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेद्वारा गरिएको दुर्व्यवहार, हातपात तथा क्यामेरा खोसेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हासंघका अनुसार साउन १९ गते पूर्व–पश्चिम राजमार्गको रुपन्देहीको सालझण्डी सडक खण्डमा अख्तियार कार्यालय बुटवलबाट खटिएका सादा पोसाकमा रहेका प्रहरीले सवारी साधनको चेकजाँच गरिरहेको तस्बिर लिन खोज्दा प्रहरी निरीक्षक रोशन पाण्डेसहितका प्रहरीले पत्रकार भगवती पाण्डेको क्यामेरा खोस्नुका साथै सोही विषयलाई लिएर झगडा गर्दै पत्रकारद्वयमाथि दुर्व्यवहार र हातपातसमेत गरेका थिए ।

कोभिड–१९ संक्रमणको जोखिमका बीच नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेका पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरीबाट भएको यो अराजक हर्कत आपत्तिजन हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने प्रहरीको यो हर्कतको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता कार्य नदोहो¥याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ, महासंघले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi