काठमाडौ, साउन १९
आज सोमबारसम्म विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार ४० हजार सात सय ९५ नेपाली स्वदेश फर्किएका छन । आज मात्र सात वटा उडान मार्फत एक हजार एक सय ६७ नेपाली फर्किएको सिसिएमसीले जनाएको छ ।
सिसिएमसीका अनुसार दुुई वटा शव र दुुई वर्षमुनिका तीन वटा बच्चा पनि आएका छन् । आज यूएईबाट मात्र सात सय ५७ जना फर्र्किएकाछन । सिसीएमसीका अनुसार हालसम्म साउदी अरबबाट पाँच हजार आठ सय ७१, यूएईबाट १० हजार चार सय ८४, कुवेतबाट छ हजार तीन सय २९, मलेसियाबाट पाँच हजार नौ सय ५७ र कतारबाट चार हजार तीन सय ८३ जना नेपाली स्वदेश फर्किकाछन ।