neapl investment mega bank
  • गृहपृष्ठ
  • नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकाको शव एपीएफ टोलीद्वारा फेला

नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकाको शव एपीएफ टोलीद्वारा फेला

Aug 3rd, 2020

काठमाडौं, साउन १९

पर्सा जिल्लाको बीरगंज महानगरपालिका २६ स्थित तिलाबे खोलाले बगाई बेपत्ता भएकी एक बालिकाको शव साउन १९ गते एपीएफ टोलीले फेला पारेको छ ।

सोही ठाउँ बस्ने १४ वर्षिया आँचलकुमारी उपाध्याय उक्त खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिईन । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्सा र सुरक्षा वेश गौरभाटाबाट खटिएको एपीएफ टोली उनको खोजी कार्यमा जुटेको थियो । एपीएफ टोलीले उनको शव उक्त खोलामा डुवेको अवस्थामा फेला पारेको हो ।

यसैगरी डोटी जिल्लाको शिखर नगरपालिका १० गहनान स्थित सेती नदिमा बेपत्ता भएका दुई जनाको शव एपीएफ टोलीले फेला पारेको छ । डडेल्धुरा जिल्लाको पर्शुराम गाउँपालिका बस्ने २१ वर्षिय हरिश जोशी र बझाङ्ग जिल्लाको खप्तड छात्रा गाउँपालिका बस्ने २० वर्षिय दिनेश सिंह सो नदिमा नुहाउने क्रममा उक्त नदिले बगाई बेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गणबाट खटिएको गोताखोरसहितको एपीएफ टोलीले हरिश जोशीको शव साउन १८ गते र दिनेश सिंहको शव साउन १९ गते फेला पारेको हो । एपीएफ टोलीले उनीहरुको शव सो ठाउँ नजिकै फेला पारेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi