neapl investment mega bank

पहिरोले पुरिएर मृत्यु तथा सडक अवरोध

Aug 3rd, 2020

काठमाडौं, १९ साउन

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११ गैराबगरमा सोमबार बिहान पहिरो जाँदा सोही ठाउँस्थित निर्माणाधिन कबडहलमा काम गर्ने २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्सा घर भएका ३५ वर्षीय प्रदिप चौरासिया र २१ वर्षीय राजेश चौधरी रहेका छन् । उक्त स्थानमा लेवर बस्ने जस्ताले छाएको टहरो आधा भाग पुरिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालयबाट मेलम्ची, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले घटनास्थलबाट उनीहरुको शव फेला परेको हो ।

साथै पहिरोमा परेर घाइते भएका भारत घर भएका ३५ वर्षीय बारु साहलाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची हुँदै थप उपचारको लागि धुलिखेल अस्पतालत पठाएको छ ।

मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-३ भालुटार पाखास्थित कुलेखनी-सिस्नेरी काठमाडौं सडकमा सोमबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी सिस्नेरीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-११ साल्मेस्थित सोलु-ओखलढुङगा सडकमा सोमबार बिहान पहिरो जाँदा सडक अबरोध भएको छ । अस्थाई प्रहरी पोष्ट रमितेबाट खटिएकको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्युठान, सरूमारानी गाउँपालिका-४ पाकुरीखोला र अधेंरीखोलास्थित भालुबाङ-रोल्पा सडकमा सोमबार बिहान पहिरो जाँदा सडक अबरोध भएको छ । प्रहरी चौकी बड्डाडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi