neapl investment mega bank

कौडा र तास खेलिरहेको अवस्थामा पक्राउ

Aug 3rd, 2020

काठमाडौं, १९ साउन

काठमाडौं, टोखा नगरपालिका-६ बस्ने धर्म श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका-३ घर भएका ३२ वर्षीय पुरन श्रेष्ठ समेत ४ जनालाई नगद १ लाख ८ हजार ५ सय ५० रुपैयाँ र १६ वटा कौडा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

बाजुरा, गौमुल गाउँपालिका-४ बिज्याढुङ्गा बस्ने केशब रोकायाको पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कलक रोकाया समेत ११ जनालाई नगद ५१ हजार २ सय ३५ रुपैयाँ र १ गड्डी तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौमुलेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi