neapl investment mega bank

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Aug 3rd, 2020

काठमाडौं , १९ साउन

काठमाडौं, पर्सा र भोजपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पारी ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-७ कालोपुलस्थित बा.६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा चालक काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने दोलखा घर भएका ३० वर्षीय तसी शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

पर्सा, धोबिनी गाउँपालिका-५ जगरनाथपुर टोलस्थित सडकमा बा.१२ प ७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका-३ बिजवनिया बस्ने ३० वर्षीय कालु तिवारीको मृत्यु भएको छ । दुर्घटनामा घम्भीर घाइते भएका उनको उपचारको लागी पोखरिया अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

भोजपुर, आमचौक गाउँपालिका-३ हाँगातुङस्थित सडकमा प्रदेश नम्बर १-०२-००३ त ५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार चालक दिसङला बस्ने २८ वर्षीय दिपक कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी बलंखामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi