neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भनी ठगी गर्ने अमेरिकन नागरिक पक्राउ

अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भनी ठगी गर्ने अमेरिकन नागरिक पक्राउ

Aug 3rd, 2020

काठमाडौ, साउन १९

अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भनी ठगी गर्ने अमेरिकन नागरिक पक्राउ परेकाछन ।महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा. ३२ कोटेश्वर बस्ने टुक नारायण श्रेष्ठलाई ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ड्यानियल लि पक्राउ परेका हुुन ।

प्रहरीका अनुसार अमेरिकन नागरिक लि ले श्रेष्ठको कोटेश्वरमा रहेको एकलास सेक्युरिटी प्रालिलाई अमेरिकीमा दर्ता गरी पार्टनरसीप बनाउंछु भनी १० लाख रुपैयाँ ठगी गरेको, सुजन थापा र सन्दीप कार्की समेत लाई बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही पाँच लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै महाशाखाबाट खटिएको प्रहरी टोलीले आईतबार अपरान्ह १४ः३० बजे लुकीछिपी बसिरहेको अवस्थामा काठमाण्डौ क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

साथै अमेरिकन नागरिक लि ले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोल ेनिजबाट ठगीमा पर्नु भएको छ भने संम्पर्कमा आउनको लागि महाशाखाले अनुरोध गर्दे ठगहरुले विभिन्न वहाना तथा प्रलोभनमा पार्न सक्ने हुनाले सजग र सचेत रही संभावित ठगीबाट जोगिनको लागि सर्वसाधारणई आग्रह समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi