neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि , ३५८ जना डिस्चार्ज

थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि , ३५८ जना डिस्चार्ज

Aug 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १९ साउन

नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा ७ हजार ६३७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ८ हजार ८६१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १० हजार ९३४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा कैलाली , महोत्तरी  र रौतहट रहेका छन् ।हालसम्म ३ लाख ९८ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण भएको छ। 

थप ३५८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३५८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ३५८ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १४ हजार ९६१ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५७  पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।